पोखरामा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर शो
‘माराङ’ फागुन २६ गते बाराही हलमा प्रदर्शन हुने
पाेखरा | फागुन १०, २०८०
पोखरा: मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर शो गरिएको छ । नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको हो ।
पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको मगर कथानक चलचित्र ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते प्रदर्शन गर्ने निर्माता तुलबहादुर सारु मगरले बताए ।
‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दै छौं ।’
उनले माराङ चलचित्र फाइदाको लागि भन्दा पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणको लागि निर्माण गरेको बताए । ‘माराङ चलचित्र कुनै पनि फाइदाको लागि निर्माण गरेको होइन, मगर समुदायको भाष, संस्कृति र कलाको संरक्षणलाई मध्यनजर गर्दै निर्माण गरेका हौं ।’ उनले भने ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरले माराङ चलचित्र मगर भाषामा भएकाले यस भाषाको संरक्षणमा जोड दिएको उल्लेख गरे । ‘पछिल्लो पुस्ताले मगर भाषा बुझ्दैन, बोल्न खोज्दैन, हाम्रो कला संस्कृति हराउँदै छ’, थापामगरले भने, ‘माराङ चलचित्र मगर भाषामा निर्माण भएको छ,यस चलचित्रले भाषा, संस्कृतिसँगै कलाको संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउँछ ।’
मगर कथानक चलचित्र माराङमा रमेश बाबु थापामगर, सृजना मरासङ्गी मगर, टिका थापामगर, टेक रानामगर, गणेश घले, प्रेमकुमारी मगर, लक्ष्मी थापामगर र सञ्जोक लाफामगर लगायतको अभिनय रहेको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

