नामिबियासँग नेपाल २ विकेटले पराजित

काठमाडाैं | फागुन ९, २०८०

नामिबियासँग नेपाल २ विकेटले पराजित

काठमाडौं:    आइसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रोमा २ विकेटले पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको पराजित भएको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले पराजित भएको हो ।


१६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पार्यो । नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए । यस्तै माइकल भ्यान लिङ्गेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाए ।


नेपालले नियमित अन्तरालमा विकेट निकालेपनि अन्त्यमा नेपालको योगफल निकै कम साबित हुन पुग्यो । नेपालले नामिबियाका ओपनर द्वय जेपी कोट्जे र निकोलास डेभिनलाई क्रमस ३ र ८ रनमा आउट गरेको थियो । त्यसपछि तीन र चार नम्बरमा ब्याटिङ गर्न आएका भ्यान लिङ्गेन र इरासमसले खेल नेपालको हातबाट केहि टाढा लगेका थिए ।


तर ६९ रनमा कुशल मल्लले भ्यान लिङ्गेनलाई आउट गर्दै नेपालका लागि विकेट निकालेका थिए । ज्यान फ्राईलिंक पनि ४ रन मात्र बनाएर दिपेन्द्र सिंह ऐरिको बलमा आउट भए । ज्यान निकोल लोफ़्टि–इटन र जेन ग्रिन क्रमशः ५ र ६ रन बनाएर कुशल भुर्तेल र ललित राजबंशीको बलमा आउट भए । 


५ रन बाँकी रहँदा नामिबियाको आठौँ विकेट खस्यो । रुबेन ट्रम्पलम्यानलाई कुशल भुर्तेलले १२ बलमा १६ रन बनाएको अवस्थामा लंग–अफमा देव खनालको हातबाट क्याच आउट गराए ।  


१४२–७ को अवस्थाबाट नामिबियाले कुनै विकेट गुमाएन । जेजे स्मिट ६६ बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाउँदै नटआउट रहेर खेललाई नेपालको हातबाट छिने । यस्तै बेर्नार्ड स्कोल्ज ५ बलमा ८ रन बनाएर अविजित रहे ।  


नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरि, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले समान १÷१ विकेट लिए । 


त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए ।     


राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग(बिफोर(विकेट आउट भएका थिए । 


यस्तै सोहि ओभरको चौथो बलमा अनिल शाह शुन्यमा आउट हुन पुगे । अनिल नामिबियाका कप्तान जेरार्ड इरासमसद्वारा क्याच आउट भएका थिए । 


अर्का ब्याटर देव खनाललाई ज्याक ब्रासेलले आउट गरे । आठौ ओभरको अन्तिम बलमा उनी विकेटकिपर जेन ग्रिनद्वारा क्याच आउट भए । त्यसपछि आसिफ र कुशल मल्ल मिलेर चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । सो साझेदारी २०औ ओभरमा आसिफको विकेटपछि तोडियो । उनी स्कोल्जकै बलमा लेग(बिफोर(विकेट आउट भएका थिए ।


त्यसलगत्तै ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि २४औ ओभरमा शुन्यमा ज्यान निकोल लोफ़्टि(इटनको बलमा आउट हुन पुगे । त्यसपछि पेभेलियन फर्किने कुशल मल्ल थिए । उनी २७औ ओभरमा जेरार्ड इरासमसको बलमा ५३ बल खेलेर १ चौका र ३ छक्का ३६ रन बनाएर सर्ट फाइन(लेगमा ब्रासेलद्वारा क्याच आउट भए ।  


 दिपेन्द्र सिंह ऐरि पनि धेरै समय क्रिजमा रहन सकेनन् । उनी १८ बल ६ रन बनाएर लोफ़्टि(इटनको बलमा ग्रिनद्वारा स्टम्प आउट भए । सोमपाल कामी पनि ४ रन बनाएर लोफ़्टि(इटनकै बलमा पेभेलियनको बाटो लागे ।


अर्को ओभरमा भिम शार्की स्कोल्जको बलमा ३६ बल खेल्दै २६ रन बनाएर बोल्ड आउट भए । अन्तिममा करण केसी १२ रन बनाएर लोफ़्टि(इटनको बलमा लंग(अफमा क्याच आउट भएपछि नेपालको इनिङ समाप्त हुन पुग्यो ।
 

नामिबियाका लागि लोफ़्टि(इटन र स्कोल्जले समान ४÷४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफ़्टि(इटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १÷१ विकेट लिए ।  


सिरिजको अर्को खेलमा शुक्रवार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतवार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन् । त्यसपछि यी ३ टोलीले टी–२० त्रिकोणात्मक सिरिज समेत खेल्ने छन् ।  

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्