बिटी कप: लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

पाेखरा | फागुन ८, २०८०

बिटी कप: लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

पोखरा:  बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ ।

 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (मंगलबार) भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले  एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्याे । 
 

लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र सन्तोष गुरुङले समान १ गोल गरे भने काठमाडौंको तर्फबाट करण खड्काले सान्त्वना १ गोल फर्काए । 

 

यस्तै दोस्रो खेलमा रामघाट एफसीले दिव्यज्योती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लामागाउँसँगको भेट पक्का गर्याे ।

 

रामघाटको जीतमा राजकुमार कुँवरले निर्णायक गोल गरे । अब रामघाटले लामागाउँविरुद्ध बुधबार दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए ।

 

उनका अनुसार तेस्रो क्वाटरफाइनल खेलमा एलसी ब्रदर्श लामाचौरले एनटु क्याफे टुंडिखेलमाथि २–० गोल अन्तरले जीत निकाल्दै अन्तिम चारमा स्थान बनायो । एलसी ब्रदर्शको जीतमा धिरज मगरले २ गोलको योगदान दिए ।

 

यस्तै तारा एफसी र एट टु नाइन एफसीबीच भएको अन्तिम क्वाटरफाइनल खेल गोलरहित निर्धारित समयसकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले विजयी बन्यो । एट टु नाइन एफसीले अब सेमिफाइनलमा एलसी ब्रदर्शसँग भिड्नेछ । 

 

दुवै सेमिफाइनका खेल बुधबार हुनेछ भने फाइनल खेल बिहीबार सम्पन्न गरिने क्लबका अध्यक्ष असिम थापाले  जानकारी दिए । 

 

उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्