सरुभक्तका ६ बाल पुस्तक एकसाथ लोकार्पण

पाेखरा | फागुन ४, २०८०

सरुभक्तका ६ बाल पुस्तक एकसाथ लोकार्पण

पोखरा:     साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो । 


उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातीका कथा’, ‘झ्याउँ झ्याउँ झ्याँकिरी’ कविता संग्रह लोकार्पण भएको छ । 


सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे । 
लोकार्पण भएको ‘अध्याँरो कोठा’ को केही भाग यस अगावै प्रकाशन भएको थियो । 


बाल्यकालमा सुनेका कथा कविता गीतबाट आफु आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए । बालबालिकाकको साहित्यमा अभिरुची हुने भएकाले बाल सहित्यका कृति सिर्जना गर्ने उनको भनाइ छ । 


‘आफैंलाई बालक उमेरदेखि नै  बाल साहित्यमा अभिरुची हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो । त्यो भावनको कारणले बेलाबेलामा विभिन्न व्यस्तताको बीचमा पनि बाल साहित्यका कृति सिर्जना गरेको छु’, उनले भने । 


उनले प्रत्येक दिन जसो राती सुत्ने बेला नातिलाई कथा सुनाउने गरेको स्मरण गरे । ‘आफुले देखेका, भोगेका र पढेका विभिन्न सन्दर्भहरु जोडेर तत्काल कथाहरु सिर्जना गरेर नातिलाई सुनाउथें । नाति मेरो कथा सुन्दासुन्दै कतिखेर निदाइसक्थ्यो । पछि यी कथाहरु मैले कति पटक दोहो¥याएर नातिलाई सुनाए  कि मलाई कण्ठस्थ भो’, उनले भने, ‘एक दिन मैले के सोचे भने यी कथाहरुलाई यत्तिकै छोड्नुभन्दा लिपिबद्ध गरे अरु नातिनातिनाहरुका लागि पनि उपयुक्त हुन्छ होला भन्ने हो । ती कथाहरुमध्यबाट केही छानेर यो पुस्तक जन्मेको छ ।’


उनले धेरैजसो साहत्यिकारले बाल  साहित्यलाई अपहेलना गरेको सुनाए । बालसाहित्यलाई महत्वपूर्ण रुपमा लिनुपर्ने साहित्यकार सरुभक्तको भनाइ छ ।  


बाल पाठक कुमुदिनी होम्सकी विद्यार्थी मानुषी भण्डारीले रुची अनुसारको विषयबस्तु पाठ्यक्रममा नहुने भएकाले साहित्यिक पुस्तक पढ्ने बताइन् । ‘जान्न र बुझ्न मन लागेका विषय पाठ्यपुस्तक भन्दा फरक पुस्तकबाट पाइन्छ’, उनले भनिन् । उनले सामाजिक सञ्जालको प्रयोगले पुस्तक छान्ने उल्लेख गरिन् ।


साहित्यकार ध्रुब घिमिरेले बालबालिका केन्द्रित पुस्तक लेख्नु भविष्यका लागि लेख्नु काम भएको उनले बताए । बाल साहित्यले बाल मनोविज्ञानलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।


मास मिडियाले बाल साहित्यलाई समेट्न नसकेको घिमिरे बताउँछन् । ‘अहिले जमाना मास मिडियाको हो । मास मिडियामा विभिन्न किसिमका  खबरहरु पुग्ने क्रममा बाल साहित्यको खबर पु¥याउन प्रयोग हुनुपर्ने’, उनले भने, ‘एउटा फेसबुक पेजबाट पनि सूचनाहरु प्रकाशन गर्न सक्छौं अथवा एफएमहरु । यत्तिका एफएमहरु छन केहीले मात्रै बालबालिकाको कार्यक्रमहरु सञ्चालन गरेका छन् । टेलिभिजनको कुरा गर्दा पनि बाल कार्यक्रम कम भएका छन् ।’


नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको ३ दर्जन बढी पुस्तक प्रकाशित छन् । उनको पागल बस्ती उपन्यास निकै प्रख्यात छ ।  यस अगाडि सरुभक्तले बाल साहित्यका पुस्तक बजारमा ल्याएका थिए ।


परिचय प्रकाशनले यस लगत्तै सरुभक्तको ९ पुस्तक बजारमा ल्याउनेछ । नेपाल लिटरेचर फेस्टिबलमा यो संस्करणमा बालबालिका केन्द्रित सेसनहरुलाई प्राथमिकता दिएको छ ।

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्