विरेन स्मृति बिटी कपमा पहिलो चरणकै खेल जारी

पाेखरा | फागुन ३, २०८०

विरेन स्मृति बिटी कपमा पहिलो चरणकै खेल जारी

पोखरा:   बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (बिहीबार) ८ खेल सम्पन्न भएका छन् ।

 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा लामागाउँ टिम ‘बि’ र नयाँगल्लीबीच आज भएको पहिलो खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा लामागाउँ ‘बि’ले ३–२ गोलको अन्तरले पराजित गर्याे ।

 

यस्तै दोसो खेलमा लामागाउँ टिम ‘ए’ ले हाम्रो एफसीलाई ३–१ गोल अन्तरले लामागाउँ विजयी बन्यो ।  तेस्रो खेलमा मण्डलाले प्रदेश सभा टिमलाई ५–० फराकिलो गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे । 

 

यस्तै चौथो खेलमा रत्नसमाज क्लबले मिलनटोललाई १–० गोल अन्तरले पाखा लगाउदै दोस्रो चरणमा स्थान बनायो । 

 

पाँचौ खेलमा एलसी ब्रदर्शले आकुरा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । 

 

पिपलडाली युवा क्लब र रिभान युनाइटेडबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइबे्रकरमा ३–१ गोल अन्तरले पिपलडाली विजयी बन्यो ।
 

 

बाँनिया ब्रदर्श र पाखुरीकोटबीच भएको सातौ खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइबे्रकरमा ३–२ गोल अन्तरले बानियाँ ब्रदर्श विजयी बन्यो ।

 

यसैगरी आज भएको अन्तिम खेलमा बिटी क्लबलाई पोखरा म्युजिक हाउसले ३–० गोल अन्तरले पराजित गर्दै पोखरा म्युजिक हाउस अघिल्लो चरणमा प्रवेश गर्याे ।

 

शुक्रबारपनि पहिलो चरण अन्तरगतकै ८ खेल हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । 

 

उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्