सोमबार साँझबाट घर नफर्किएका जोशी नहरमा मृत फेला
कञ्चनपुर | असार १४, २०७९

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताउनुभयो ।
“अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।” मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर फर्किएका थिएनन् ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...