भेट्रान फुटबल: आयोजक अन्तिम आठमा

पाेखरा | माघ २३, २०८०

भेट्रान फुटबल: आयोजक अन्तिम आठमा

पोखरा:     पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सात खेल सम्पन्नसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । 


पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको प्रिक्वाटरअन्तरगत मंगलबारको पहिलो खेलमा ठमेल भेट्रान काठमाडौंले फ्रिडम फाइटरलाई ५–३ ले हरायो । ठमेलका लागि नगेन्द्र देवानले ह्याट्रिक गरे । टासी छिरिङ र नविन न्यौपानेले एक–एक गोल गरे । फ्रिडमका लागि विकर्ण श्रेष्ठले दुई तथा धनविर चौधरीले एक गोल गरे । 


दोस्रो खेलमा चिया पपले थापागाउँ भेट्रानलाई २–१ ले हरायो । मित्र बहादुर बस्नेत र सन्तोष नेपालीले एक–एक गोल गरे । थापा गाउँका लागि नारायण कार्कीले एक गोल गरे । 


निकै रोमाञ्चक बनेको तेस्रो खेलमामा नागस्वेती हेटौडाले संगम भेट्रान पोखरालाई सडनडेथमा ६–५ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी हुँदा सडनडेथमा पुगेको थियो । 


चौथो खेलमा चावहिल काठमाडौंले कुमण्डोल ललितपुरलाई २–१ ले हरायो । चावहिलको जीतमा पासाङ शेर्पाले दुई गोल गरे भने, कुमण्डोलका लागि रमेश सिकेमानले एक गोल गरे । 


पाँचौ खेलमा आयोजक बगर भेट्रानले एमएमभी पाँचथरलाई टाइब्रेकरमा २–० ले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 
छैटौं खेलमा जोरपाटीले चितवन भेट्रानलाई १–० ले हरायो । जोरपाटीको जीतमा सुमन मोक्तानले गोल गरे ।


दिनको अन्तिम खेलमा हेटौडाले नाइटकिंग काठमाडौंलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । प्रतियोगितामा भोलिदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्