जिप्रकामा राखियो जातीय तथा सामाजिक छुवाछुतविरुद्धको बोर्ड
पाेखरा | माघ २२, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राखिएको छ ।
आवाज संस्थाले एक कार्यक्रमको आयोजना गरी आज (सोमबार) कास्की प्रहरी कार्यालयको सहायता कक्षमा उक्त बोर्ड राखेको हो ।
सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख एसपी मोहन कुमार थापाले सेवाग्राहीलाई लक्षित गरी राखिएको बोर्ड निकै उपायोगी हुने विश्वास व्यक्त गरे ।
उनले समाजमा हुने सामाजिक तथा जातीय छुवाछुत र भेदभावका घटनाविद्ध प्रतिकार गर्नुपने बताउदै प्रहरीलाई जानकारी गराउनुपर्ने बताए ।
एसपी थापाले सामाजिक रुपान्तरणका लागि यस्तै जनचेतनामूलक कार्यक्रम आगामी दिनमासमेत निरन्तर गर्दै जान आवाज संस्थालाई सुझाव दिएका थिए ।
आवाज संस्था सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

