पर्सामा प्रेस सेन्टरको स्थापना दिवस मनाइदैं, राष्ट्रिय परिषद् बैठक सुरू

विरगञ्ज | माघ १५, २०८०

पर्सामा प्रेस सेन्टरको स्थापना दिवस मनाइदैं, राष्ट्रिय परिषद् बैठक सुरू

वीरगञ्ज:   प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ । 

 

प्रेस सेन्टर नेपालको पर्साको वीरगञ्जमा जारी राष्ट्रिय परिषद् बैठक  वीरगञ्जको नगर सभा गृहमा केन्द्रीय समितिको बैठक सुरु भएको हो । 

 

आज १४ गते बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डा तय गरी सकेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले जानकारी दिए ।

 

आज माघ १४ गते आइतबार दिउँसो २ बजे राष्ट्रिय परिषद बैठक बस्ने कार्यक्रम रहेको  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

 

कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यक्रममा सम्बोधन गर्नु हुने कार्यक्रम छ । 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्