समुदायमा कांग्रेस अभियान: कुन प्रदेशमा कुन नेता खटिए ? (सूची सहित)

काठमाडाैं | माघ १४, २०८०

समुदायमा कांग्रेस अभियान: कुन प्रदेशमा कुन नेता खटिए ? (सूची सहित) तस्बिर फाइल

काठमाडौं:     नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि शीर्ष नेताहरुलाई प्रदेशमा खटाएको छ ।


समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी शीर्ष तहका नेतालाई जिल्ला तोकिएको छ ।


फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी दिइएको छ ।


जिल्ला कार्यसमितिले तय गरेको समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलमा नेताहरु सहभागी हुनेछन् ।


१६ गतेदेखि २६ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अवधिभर नेताहरु तोकिएको जिल्लामा रहने छन् ।


शीर्ष नेताहरुलाई तोकिएको जिल्ला:


कोशी प्रदेश


१० डा. शेखर कोइराला – झापा र सुनसरी

२० डा. नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा ।

३० बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर ।


मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला


१० प्रकाशमान सिंह– मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा वागमतीको
सिन्धुली र मकवानपुर ।


२० महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही । वागमतीको धादिङ र चितवन ।
 

बागमती प्रदेश


१० डा. मिनेन्द्र रिजाल– काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।

२० पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा ।


गण्डकी प्रदेश


१० महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर ।


२० प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ ।


लुम्बिनी प्रदेश


१० विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा ।


२० डा. डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासी ।


कर्णाली प्रदेश


१० डा. शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत ।


सुदुरपश्चिम प्रदेश


१० भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।


केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान नराखिएको कांग्रेसले जनाएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्