जाजरकोट भूकम्पपछि सहायता कोषमा जम्मा भयो २८ करोड ४३ लाख
काठमाडाैं | माघ ८, २०८०
काठमाडौं: जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ ।
भूकम्पपीडितको सहयोगार्थ १२८ भन्दा बढी संस्था र व्यक्तिहरूले उक्त रकम कोषमा जम्मा गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको छ ।
गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो । ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।
भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितको सहयोगार्थ कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो ।
पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

