टाइगर कप: महिलातर्फ निरुता र पुरुषतर्फ फरकउद्दिन सर्वोत्कृष्ट
पाेखरा | माघ ६, २०८०
पोखरा: पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट भएका दुवै खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
टाइगर ग्रुप अफ पोखरा नेपालले सञ्चालन गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
यस्तै विधागत महिलातर्फ विगागीय क्लबको दवदवा रह्यो । एएिफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट,एपिएफकी सरस्वती चौधरी स्पाइकर, न्यु डायमण्डकी बाल्मिका आचार्य सर्भर, एपिएफकी जस्ना महतो सेटर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का ब्लकर, न्यु डायमण्डकी सलिना श्रेष्ठ लिब्रो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस्तै पुरुषतर्फ हेल्प नेपालका फरकउद्दिन सर्वोत्कृष्ट, हेल्प नेपालका मजहर अली स्पाइकर, गण्डकीका हिमाल सुनारी सर्भर, हेल्प नेपालका मोहम्मद सेटर, गण्डकीका रामश्वामी अगामुटो ब्लकर, हेल्प नेपालका दीपक थापा लिब्रो र हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा महिला÷पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको थियो । पुरुषपतर्फ हेल्प नेपाल काठमाडौं र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

