नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई हरायो

पाेखरा | माघ ३, २०८०

नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई हरायो Photo: Umesh Pun

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । 


पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने १३–२५ ले गुमाएको थियो । 


दोस्रो सेट गुमाएको पुलिसले तेस्रो सेट भने २०२५ ले जितेको थियो । यस्तै चौथो सेट पुलिसले २५–१७ ले श्रीलंका आर्मीलाई पराजित गरेको हो । समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको क्रमशः ३÷३ अङ्क रहेको छ । 


यस्तै आज पुरुषतर्फको दोस्रो खेल समूह ‘ए’मा रहेको घरेलु टोलि गण्डकी प्रदेशले काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको गण्डकी  र आर्मीको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । 


यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्