पोखरा कप पुरुष भलिबलको उपाधि पर्वत भलिबल क्लबलाई

पाेखरा | पुस १७, २०८०

पोखरा कप पुरुष भलिबलको उपाधि पर्वत भलिबल क्लबलाई

पोखरा:   २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ ।


पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो ।


विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद सहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो ।


सो अवसरमा बेस्ट प्लेयर लाई १० हजार, बेस्ट सेटर ३ हजार, बेस्ट डिफेन्डरलाई ३ हजार, बेस्ट सर्भर ३ हजार र बेस्ट ब्लकरलाइ ३ हजार नगद, कप र प्रमाणपत्र प्रदान गरिएको संघका कोषाध्यक्ष तथा सहप्रायोजक सुविन गुरुङले बताए ।


प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल माबी, टफ गोर्खा सहभागी भएका थिए ।


 

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।  संस्थागत सामाजिक उत्तरदायि...

थप पढ्नुहोस्

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   ...

थप पढ्नुहोस्

पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

थप पढ्नुहोस्