पोखरा महोत्सव र भिजन लिंक कन्सल्टेन्सीबीच सहकार्य

पाेखरा | पुस १३, २०८०

पोखरा महोत्सव र भिजन लिंक कन्सल्टेन्सीबीच सहकार्य

पोखरा:   १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ ।

 

रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो ।

 

बिहीबार महोत्सव आयोजक यूनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

सो अवसरमा वोल्दै कन्सल्टेन्सीका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठले जापानिज, कोरियन, जर्मनी र चाइनिज भाषा अध्ययन गर्न चाहनेहरुका लागि महोत्सव अवधिभर विशेष छुट दिने वताए । श्रेष्ठका अनुसार महोत्सव अवधि पुष २६ देखी माघको ८ गते सम्म कन्सल्टेन्सीमा भर्ना हुन आउने विद्यार्थीहरुलाई ३० प्रतिशत छुट दिइने छ ।

 

कन्सल्टेन्सीले हाल जापानिज, एसएसडब्ल्यू जापानिज, कोरियन, जर्मनी, आइइएलटीएस र  पिटिई क्लास, चाइनिज लगायतका भाषा संगै विद्यालय स्तरका ट्युसन र कम्प्युटर कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । बाह्रौ पोखरा महोत्सवका सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव प्रायोजक र सहयोगीहरुकै कारण सफल महोत्सव बन्न पुगेकाले सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको सहयोग आवश्यक रहेको बताए ।

 

बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुडेस प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

 

त्यसैगरी महोत्सवको अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र आदर्श समाज राष्ट्रिय दैनिक रहेका छन ।

 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्