दमौली अस्पताललाई छ लाख सहयोग
तनहुँ | पुस १२, २०८०
व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।
सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । यही पुस २५ गते हुन गइरहेको ४० औँ व्यास नगर सभा समक्ष उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । दमौली अस्पतालमा स्तरोन्नतिका लागि यसअघि पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आए पनि स्तरोन्नति नभएकाले हालको अवस्थामा नगरपालिकाले अनुदान दिएर सेवालाई निरन्तर गर्न लागेको हो ।
आव २०८०/८१ का लागि सडक बोर्डअन्तर्गतका एक करोड ३५ लाख ७२ हजार बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतिका लागि सडक बोर्ड नेपालसमक्ष पेस गर्ने निर्णय गरेको छ । पुस ९ गतेदेखि निर्मल माध्यमिक विद्यालयमा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकामा खेलाडी विद्यार्थीलाई हार्दिक बधाई एवम् धन्यवाद ज्ञापन गरेको छ ।
व्यास नगरपालिकाअन्तर्गतका विद्यालयका विद्यार्थीले १५ स्वर्ण, एक रजत, १९ कास्यसमेत गरी २५ पदक प्राप्त गरी जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

