आज ललितपुर र पोखरा खेल्दै
काठमाडाैं | पुस १२, २०८०
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।
आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो।
पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै, उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

