पोखरा महानगरस्तरीय रनिङ शिल्डमा सैनिक च्याम्पियन

पाेखरा | पुस ११, २०८०

पोखरा महानगरस्तरीय रनिङ शिल्डमा सैनिक च्याम्पियन

पोखरा:   सैनिक आवसीय मावि २१ वटा पदक जितेर पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा चौंथो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०८० को च्याम्पियन बनेको छ । 


तीन दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ७ कास्यसहित सैनिक च्याम्पियन बनेको हो । सैनिकलाई मंगलबार समापन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारलगायतले रनिङ शिल्ड प्रदान गरे ।


कालिका मावि ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक पाएर उपविजेता बनेको छ । ५ स्वर्ण, ३ रजत र १ कास्यसहित ९ पदक जितेर शहिद स्मृति मावि तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । कालिका र शहिद स्मृति माविले ट्रफी प्राप्त गरे ।


टिम इभेन्टतर्फ छात्र भलिबलमा गुरुकुल मावि प्रथम, कालिका मावि द्वितीय र न्यू ग्यालेक्सी स्कुल तृतीय भएको आयोजकले जनाएको छ । भलिबल छात्रामा जनप्रिय मावि प्रथम, शान्त मावि द्वितीय र कन्या मावि तृतीय भएको खड्काले जानकारी दिए ।  भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशस २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।


छात्र कबड्डीमा बेथानी बोर्डिङ प्रथम, कालिका मावि(१० द्वितीय, अमरसिंह मावि र त्रिभुवन शान्ति मावि तृतीय भएका छन् । छात्रा कबड्डीमा रामेश्वरी मावि प्रथम, गौरीशंकर मावि द्वितीय, बेथानी मावि र कालिका मावि–१० तृतीय भएको सदस्य सचिव खड्काले जानकारी दिए । कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशस १५ हजार, १० हजार र  २५र२५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

 

पोखराका १ सय १० विद्यालयका ३ हजार २०५ विद्यार्थी ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि प्रतिस्पर्धामा सहभागी थिए । भलिबल छात्ररछात्रा, कबड्डी छात्ररछात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल प्रतियोगितामा भएका थिए । यो प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी छनोट गरेर १३ र १४ पुसमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा महानगरपालिकाकोतर्फबाट सहभागी हुने सदस्य सचिव खड्काले जानकारी दिए ।


पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङले समयसमयमा प्रतियोगिता गरेर महानगर खेलकुद विकास समितिले तल्लो तहमै खेलाडी उत्पादन गर्न भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले पोखरालाई खेलकुदको राजधानी बनाउन प्रतियोगिता भइरहनुपर्ने बताए ।

 

अहिले च्याम्पियन बनेको सैनिक आवासीय मावि गत वर्षको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक जितेर उपविजेता बनेको थियो । यसपटक तृतीय बनेको शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर अघिल्लो वर्ष पनि तृतीय भएको थियो । 

गण्डकी:    सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक  उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ । ललितपुरको बालकुमारीमा मङ्गलबारदेख...

थप पढ्नुहोस्

पोखरा:    स्व. मदनकुमार भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा मदन–आश्रित पार्क सरसफाईसँगै माल्यार्पण गरिएको छ ।    नेकपा एमाले कास्कीको आयोजनामा पोखरा महानगरपालिका&n...

थप पढ्नुहोस्