माविस्तरीय आइजिपी रनिङ ट्रफिमा सैनिक आवासीय महाविद्यालय भक्तपुर च्याम्पियन

काठमाडाैं | पुस ८, २०८०

माविस्तरीय आइजिपी रनिङ ट्रफिमा सैनिक आवासीय महाविद्यालय भक्तपुर च्याम्पियन

काठमाडौं:   २९ औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुरले उपाधि जितेको छ ।

 

नेपाल पुलिस स्कुल साँगामा सम्पन्न फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइब«ेकरमा ३–० गोल अन्तरले पराजित गर्दै भक्तपुरले उपाधि जितेको हो ।

 

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

 

उपाधि जितेको भक्तपुरले नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको ल्याबोरेटोरी स्कुल कीर्तिपुरले ४० हजार र तृतीय बनेको नेपाल पुलिस स्कुल साँगा ‘ए’ ले नगद रु ३० हजार र ट्रफि हात पार्याे ।

 

उक्त टोलीलाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक केदार ढकाललगायतले पुरस्कार वितरणसहति बधाई व्यक्त गरेका थिए । 

 

गत मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टीमको सहभागिता रहेको थियो ।  


 

काठमाडौं:     सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।  नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयले बैठकका लागि सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव समेत कार्य...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पामा बुधबार बेलुका भएको बोलेरो जीप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणख...

थप पढ्नुहोस्