मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलाली | पुस ३, २०८०

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

 

सोमबार साँझ कैलारी गाउँपालिका–७ बर्का बसन्तास्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

 

सो दुर्घटनामा परेर बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय राजेश डगौराको उपचार भइरहेको छ।

 

यस्तै घाइते भएका भजनी नगरपालिका–५ का २६ वर्षीय वीरबहादुर चौधरी पनि उपचाररत छन्। घटनापछि दुबै मोटरसाइकल नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

काठमाडौं:     वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनला...

थप पढ्नुहोस्

काठमाडौं:     संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा भएको संसद् सचिवालयले जनाएपनि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले अमरसिंहचोकबाट तीन जनालाई मंगलबार बिहान अन्दाजी ४ बजेको ...

थप पढ्नुहोस्