बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं | मंसिर २४, २०८०

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

 

शनिबार साँझ थाहा नगरपालिका-९ चित्लाङमा बा४ ख ८७७३ नम्बरको बसले बा.६५ प ४१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमाल गम्भीर घाइते भएका थिए।

 

उनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मोटरसाइलकमा सवार अर्का एक जनालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको छ।


बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्