मूल्यवृद्धि विरुद्ध सडकमा युवा संघ, पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन
पाेखरा | असार १०, २०७९
पोखरा : पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरुको मुल्य वृद्धिको विरुद्व राष्ट्रिय युवा संघ कास्कीले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ कास्कीले मूल्य वृद्धिको विरु राके जुलुस सहित पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएर एकोहोरो शंङ्ख बजाउँदै विरोध गरेको हो ।
विरोधमा सभामा बोल्दै राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुुरुङले मूल्य वृद्धिको विरुद्ध युवा संघले देशभर आन्दोलन सुरु गरेको भन्दै भोलि देखि युवा संघ निरन्तर सडक आन्दोलनमा उत्रने बताए । देशमा मूल्य वृद्धि गरेर सरकारले स्थानिय निर्वाचनको खर्च उठाउन लागेका समेत आरोप लगाए ।
अध्यक्ष गुुरुङले भने, गण्डकी प्रदेशले ६/६ महिनामा गाडीको नविकरण गर्न लगाएर जनतालाई करको भार थपेको र २० वर्ष पुरानो गाडी विना क्षतिपुर्ति हटाउन लागेको भन्दै यसको विरोध गरे । उनले भने, भोलि देखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउछौँ, टोलटोलमा झण्डा हल्लाएर हिड्ने मन्त्रीहरुलाई टोलमा नै विरोध गर्ने र सरकारी गाडी चलाउने चालकहरुले युवा संघलाई हेरेर गाडी चलाउन सुझाव समेत दिदै भोलि देखि आन्दोलन निरन्तर गर्ने भन्दै गुुरुङले सुरक्षाकर्मीहरुले धान्न नसक्ने बताएका छन् ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

