रुपन्देहीमा स्कुल बसको ठक्करबाट मोहम्मद र रुक्सनाको मृत्यु

रूपन्देही | मंसिर १६, २०८०

रुपन्देहीमा स्कुल बसको ठक्करबाट मोहम्मद र रुक्सनाको मृत्यु

बुटवल:   रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएकाे थियाे ।

 

त्यसपछि मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।

 

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

पोखरा:   पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ । पोखरा महानगरपालिका– ७ बुलौदीमा आज बिहान अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दु...

थप पढ्नुहोस्

पोखरा:    पोखरा लेकसाईडमा मादक पदार्थ सेवन गरेर हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीको ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा हुने भएको छ ।  महासंघको दशौं साधारणसभा एवम् अधिवेशन काठमाडौं चैत २ र ३ गते हुने महासचिव किस...

थप पढ्नुहोस्