बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ
झापा | मंसिर १५, २०८०

झापामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका-६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्य पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
आचार्यले ती बालिकालाई मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा जगतमणिका दाइ ३७ वर्षीय बालकुमार आचार्यले बालिकालाई ललाइफकाइ भेटाएको भन्ने खुल्न आएकाले उनलाईसमेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...