प्रधानमन्त्रीको दुबई भ्रमणका लागी नेपाल एयरलाइन्सले समय अगाडि सार्दा छुटे ३१ यात्रु

काठमाडाैं | मंसिर १४, २०८०

प्रधानमन्त्रीको दुबई भ्रमणका लागी नेपाल एयरलाइन्सले समय अगाडि सार्दा छुटे ३१ यात्रु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु कोप- २८ मा सहभागी हुन नेपाल एयरलाइन्सले समय अगाडि सार्दा ३१ जना यात्रु छुटेका छन्। 

 

बुधबार राति साढे ९ बजे प्रधानमन्त्री प्रचण्डसहित २५० जना यात्रु दुबईका लागि उडेका थिए। प्रधानमन्त्री प्रचण्ड कोप(२८ मा सहभागी हुन त्यहाँ गएका हुन्। नेपाल एयरलाइन्सको राति साढे ११ बजे नियमित उडान हुन्छ। त्यसअनुसार नै बुधबारका लागि पनि त्यही समयको टिकट बुकिङ भइसकेको थियो। 

 

तर भिभिआइपीको भ्रमण हुने भएकाले उक्त समय अगाडि सारिएको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। समय अगाडि सार्दा ३१ जना यात्रु छुटे। उनीहरूलाई एयरलाइन्सले काठमाडौंका होटलहरूमा राखेको छ। उनीहरूलाई बिहीबार दिनभरको फ्लाइटमा दुबई पठाइने पौडलले बताए।

 

‘आज राति पनि त्यस समयमा फ्लाइट छ। दिनभरि हुने अन्य फ्लाइटहरूमा मिलाएर उहाँहरूलाई राखेर पठाउँछौं,’ पौडेलले भने, ‘उहाँहरू छुट्नुभएकोमा हामीलाई दुस्ख लागेको छ।’​फ्लाइट छुटेका प्रज्वल विक्रम रानाले सामाजिक सञ्जालमा भिडिओ राख्दै नेपाल एयरलाइन्सको लापर्वाहीले आफूहरू छुटेको बताएका छन्।

 

‘काठमाडौंबाट दुबई साढे ११ बजेको फ्लाइटमा जान लागिरहेको थिएँ। सोही फ्लाइटमा हाम्रो सम्माननीय प्रधानमन्त्री पनि जान लाग्नुभएको रहेछ। सोही कारणले फ्लाइटलाई दुई घण्टा अगाडि सारेको रहेछ,’ उनले भनेका छन्, ‘तर नेपाल एयरलाइन्सले हामी धेरै जना यात्रुहरूलाई जानकारी पनि दिएन।’


उनी साढे ८ बजे एयरपोर्टमा पुगेका थिए। उनी त्यहाँ पुग्दा कर्मचारीहरू प्रधानमन्त्रीको बिदाइका लागि गएको र करिब एक घण्टापछि ड्युटी अफिसर आएर माथिको आदेश अनुसार सारिएको भन्ने जानकारी दिएको उनले बताए। ‘जानकारी गराउनुपर्ने कुरामा आफ्नो जिम्मेवारी हो भन्ने खालको व्यवहार पनि गर्नुभएन। र पछि एउटा पत्र दिइयो,’ उनले भने।

 

‘हामीले उहाँहरूको इमेल राखेका हुन्छौं। फोन नम्बर राखेका हुन्छौं। मंसिर ८ गतेदेखि नै यस्तो हुँदैछ भनेर जानकारी गराएका थियौं। तर पनि केही छुट्नुभएको छ। त्यसमा दुस्ख लागेको छ,’ उनले भने, ‘अरू २५० जना यात्रुहरूले चाहिँ सूचना पाएर छिटो आइपुग्नुभयो। उहाँहरू कसरी छुट्नुभयो भन्ने हामी छानबिन गर्छौं।’

पोखरा:    पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुना...

थप पढ्नुहोस्

म्याग्दी:     मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्...

थप पढ्नुहोस्

चितवन:   पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।   जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ ...

थप पढ्नुहोस्