मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

काठमाडाैं | मंसिर १२, २०८०

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ।

 

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका धेरैजसो पुलको समेत मूल संरचनाको काम सकिएको छ ।

 

निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेका मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिनुभयो । अहिलेसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ ।

 

डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।

 

कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटानको अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । बाहुनडाँगीबाट सुनसरी धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको छ । सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगति हुन सकेको छैन ।

 

१० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका प्रायजसो योजनाको भुक्तानी गर्न अझै तीन अर्ब ५० करोड बाँकी रहेको उहाँले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा ५० करोड  रुपैयाँ राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।   हाइड्रो ...

थप पढ्नुहोस्

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्...

थप पढ्नुहोस्

पोखरा:   पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ । होटलका सञ्चालक सुनिलबहा...

थप पढ्नुहोस्