बसले माेटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गयो
गुल्मी | मंसिर ११, २०८०

गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज सोमवार बिहान सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा रेसुङ्गा–४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशावाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभएको छ ।
तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
झापा: गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया...
काठमाडौं: आईसीसी टी२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जित निकालेको छ। आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालसँग पराजित भएपछि ओमानको अपराजित यात्...
काठमाडौं: नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी(२० विश्वकपको टिकट का...