पेस्तोल काण्ड: असई यादव निलम्बित
जनकपुरधाम | मंसिर ११, २०८०

जनकपुर: महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् ।
महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।
आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए ।
डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।
अनलाइनखबरले यो घटना सार्वजनिक गरेपछि महोत्तरी प्रहरीले असई यादवलाई निलम्बन प्रक्रियाको लागि प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पत्र पठाएको थियो ।
एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए । भरतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खबर गरेका थिए ।
घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...