बर्दियाबाट लागू औषधसहित दुई जना पक्राउ
काठमाडाैं | मंसिर १०, २०८०
लागू औषध (ब्राउन सुगर) सहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो।
उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ। भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो।
लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज रर बर्दियाको प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

