जीप र मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु
रूपन्देही | मंसिर ८, २०८०
रुपन्देहीमा जीप र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ ।
बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।
प्रवक्ता भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् ।
पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

