पोखरामा ओली कप सुरु, भन्छन्– व्यवसायीक नभएसम्म खेलको गुणस्तर बढ्दैन
बागमती १ सय ९ रनले विजयी
पाेखरा | मंसिर ७, २०८०
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्र र खेलाडीहरु व्यवसायीक नभएसम्म खेलको गुणस्तर बढ्न नसक्ने बताएका छन् ।
पोखरामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘खेल क्षेत्रमा खेलाडी र युवाहरुलाई आर्कषित गर्दै र उत्कृष्ट खेलहरुको माध्यमबाट ज्यादा भन्दा ज्यादा दर्शकहरुलाई आर्कषित गर्नुपर्छ’, अध्यक्ष ओलीले भने, ‘खेललाई भोलि गएर व्यवसायिक रुपमा स्तरउन्नती गर्न सक्नुपर्छ, अहिले केही खेलहरु व्यवसायीक रुपमा अगाडी बढेको छ, जबसम्म खेल क्षेत्र र खेलाडीहरु व्यवसायीक बन्न सक्दैन् तबसम्म खेलको गुणस्तर बढ्न सक्दैन ।’

अध्यक्ष ओलीले देशमा समर्पित खेलाडीहरु र खेल क्षेत्र पूर्णरुपमा व्यवसायीक नबनेसम्म पूर्ण रुपमा अगाडी बढ्न नसक्ने समेत बताए ।
उनले क्रिकेट खेलाडीहरुलाई सरकारले घोषणा गरेको पुरस्कार रकम समयमा नै उपलब्ध गराउन नसकेको भन्दै गुनासो समेत गरे ।
‘सरकारले क्रिकेट खेलाडीहरुलाई पुरस्कार रकम दिने घोषणा ग¥यो, पुरस्कार रकम खेलाडीहरुलाई सरकारले चाँडै नै उपलब्ध गराउन सकेन’, उनले भने, ‘पुरस्कार रकम समयमा नै नपाएपनि मनोवल नघटाई खेलिरहेको छन् ।’
नेकपा एमाले अध्यक्ष ओलीले क्रिकेट खेलमा अब नेपालले विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने समेत दाबी गरे ।
उनले नेकपाको सरकार हुँदा भुकम्पले क्षति पु¥याएको दशरथ रंगशालासँगै, पोखरा रंगशाला निर्माणमा काम गरेको बताए । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको निर्माणका लागि आफुले पहल गरिरहेको दावी समेत गरेका थिए ।
उट्घाटन खेलमा आयोजक रातोलाई बागमतीले १ सय ९ रनले हराउदैजीत निकालेको छ ।
यसअघि टस हारेर ब्याटिङ थालेको आयोजकले १ सय ८५ को लक्ष्य पाएको थियो ।

पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

