केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट कप: मदन भण्डारीले टस जितेर फिल्डिङ रोज्यो

पाेखरा | मंसिर ७, २०८०

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट कप: मदन भण्डारीले टस जितेर फिल्डिङ रोज्यो

पोखरा:    मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेश विरुद्ध फिल्डिङ गर्ने निर्णया गरेको छ । 


पोखरा रंगशालामा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेशलाई ब्याटिङको निम्तो दिएको हो । 


पोखरा रंगशालामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । आज एक खेल मात्र हुने आयोजकले जनाएको छ । 


प्रतियोगिता सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । 


प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


मदन भण्डारी स्पोर्टस क्लब (रातो)को प्लेइङ: ११


(कप्तान)अमर मिश्र, अंकित बिएम, सुमित पराजुली, निर्मल थापा, निञ्चल गवाती, आरिफ खान, विजय प्रजापति, सन्तोष यादव, विप्रसन केसी, महेश बार, सन्देश थापा, सन्दिम मौरिया, सिजात आलम र रोशन गौतम ।


बागमति प्रदेशको प्लेइङ: ११


कप्तान)सन्दिप लामिछाने, शुभ कंशकार, आसुतोष गैरिया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इसान पाण्डे, सुवास खत्री, प्रतिक जिसी, रिजन ढकाल, रामनरेश गिरी  र दिपेश श्रेष्ठ ।

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।  संस्थागत सामाजिक उत्तरदायि...

थप पढ्नुहोस्

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   ...

थप पढ्नुहोस्

पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

थप पढ्नुहोस्