गीताले सेथु एफसीबाट इन्डियन वुमेन्स लिग खेल्ने

काठमाडाैं | मंसिर ३, २०८०

गीताले सेथु एफसीबाट इन्डियन वुमेन्स लिग खेल्ने

काठमाडौं:  नेपाली राष्ट्रिय फुटबल टोलीकी रक्षक गीता रानाले सेथु एफसीबाट आईलिग खेल्ने भएकी छन् ।

 

सेथुले गीतालाई २०२३–२४ सिजनका लागि अनुबन्ध गरेको छ । सेथुले सामाजिक सञ्जालमार्फत गीतालाई अनुबन्ध गरेको जानकारी गराएको छ।

 

गीता जारी सिजन सेथुमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । गत महिना मात्र सेथुले नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बासँग सम्झौता नविकरण गरेको थियो ।

 

गतसिजन एन्जिलाले सेथुको कप्तानी सम्हालेकी थिइन् ।

 

त्यतिबेला क्लबले गीतालाई पनि अनुबन्ध गरेको थियो । तर, भुवनेश्वरमा भारतसँग भएको मैत्रीपूर्ण खेलका दौरान गीताले घुँडाको चोट बोक्न पुगेकी थिइन् । जसका कारण गीता लिग खेल्न बन्चित भएकी थिइन् ।


 

अघिल्लो सिजन सेथु सेमिफाइनलमा नेपाली टोलीकी मिडफिल्डर सरु लिम्बुसम्मिलित किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित रहेको थियो ।

 

आईलिगको पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा साविक विजेता गोकुलम केरेलासँग खेल्नेछ । दोस्रो खेल भने इष्ट बंगानसँग रहेको छ । गतसिजन सावित्रा भण्डारीसम्मिलित गोकुलम च्याम्पियन भएको थियो ।

 

यसपटक सात टोलीमात्रै लिगमा हुनेछन् । गोकुलम र सेथुसँगै किक स्टार्स, उडिसा एफसी, इष्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसाले सहभागिता जनाउनेछन् । लिग मार्चसम्म चल्नेछ ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्