एलजी एशोसिएशन लामाचौर कप फुटबलको च्याम्पियन

पाेखरा | कात्तिक २६, २०८०

एलजी  एशोसिएशन लामाचौर कप फुटबलको च्याम्पियन

पोखरा:   एलजी  एशोसिएशन प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को च्याम्पियन भएको छ । 


एलसी ब्रदर्स युनाइटेडको आयोजनामा लामाचौर फुटबल मैदान, गोस्तेघाटमा शनिबार भएको फाइनल खेलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा ५–४ गोलअन्तरले हराउँदै एलजी एशोसिएशन च्याम्पियन भएको हो । 


च्याम्पियन बनेको एलजीले नगद २ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एन टुले १ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 


विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल संयोजक विशाल नेपाली लगायतले पुरस्कार वितरण गरे । 


निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि विजेताको टुंगो सडेनडेथबाट लागेको हो । खेलको पहिलो हाफमा एलजिले सुमन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । भने, दोस्रो हाफको सुरुवाती समयमै एन टुका साइमन गुरुङले बराबरी गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । फाइनल खेलमा एलजिका गोलरक्षक आकाश रानाभाट म्यान अफ दी म्याच घोषित भए ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा एलजीका अनुज भण्डारी चुनिए । उनले नगद ३ हजार रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एलजिका आकाश रानाभाट, उत्कृष्ट प्रशिक्षक एलजीकै ओम गुरुङ घोषित भए । एन टुका कन्यासुब्बा गुरुङ उत्कृष्ट डिफेन्डर र नकुल तामाङ उत्कृष्ट मिडफिल्डर बने । प्रतियोगितामा सर्वाधिक गोलकर्ता शितलज्योेति युवा क्लबका सन्दिप गुरुङ भए । उनीहरु नगद २५ सय रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आदर्श युवा क्लब भण्डारढिक फेयर प्ले अवार्डमाबाट पुरस्कृत बन्यो ।


फाइनल अघि एलसी ब्रदर्स युनाइटेड लामाचौर भेट्रान र नेपाल खेलकुद पत्रकार मञ्च बिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टोली विजयी बनेको छ । एलसी ब्रदर्शलाई पत्रकारको टोलीले ५–१ गोलअन्तर पराजित गरेको थियो । पत्रकारको टिमबाट प्रविन मगर र निरज कार्कीले २र२ तथा योगेन्द्र श्रेष्ठले १ गोल गरेका थिए । भने एलसीको तर्फबाटले गोल गरेका थिए ।


गत १९ कात्तिकदेखि सुरु प्रतियोगितामा १४ टोलीले भाग लिएका छन् । ४ वर्षदेखि हुँदै आएको यो प्रतियोगिता विगतमा सेभेन ए साइडमा खेलाइने गरिएको अहिले फुटबल प्रतियोगिता सुरु गरिएको आयोजक एलसी ब्रदर्स युनाइटेडका अध्यक्ष शंकर केसीले बताए ।

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्