झापाकाे बाहुनडाँगीमा हात्तीपीडितकाे जीवन बीमा

काठमाडाैं | कात्तिक २४, २०८०

झापाकाे बाहुनडाँगीमा हात्तीपीडितकाे जीवन बीमा

जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो ।

 

शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाउने छन् । प्रतिघरधुरी बीमा गराउन वार्षिकरूपमा ९५ रुपैयाँ मात्र बीमा शुल्क लिइएको छ । सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

 

बाहुनडाँगीमा भारतको आसामबाट हात्ती आउने गर्छन् । विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी अहिले मेचीनगरअन्तर्गत पर्छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं ४ बाट बीमा शुरु गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । वडाका सबै परिवारलाई घर बीमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर वडाका कुल एक हजार तीन सय दुई परिवारमध्ये छ सय ५९ मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

 

ुकुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बीमामा समावेश हुन आह्वान गरेका थियौँु, उहाँले भन्नुभयो, ुतर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनुभएन । जो–जो सम्पर्कमा आउनुभयो, उहाँहरूको घरको बीमा गरेका छौँ ।ु छुट भएका घरलाई पछि समावेश गरिने उहाँले बताउनुभयो ।

 

वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बीमा गरिएको छ । ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम ९आरआरटी० को रूपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताउनुहुन्छ ।

 

हात्ती धपाउन रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको पाँच लाख रुपैयाँको जीवन बीमा गरिएको उहाँले जानकारी दिनुभयो । बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन् । गएको वर्षदेखि हात्ती नियन्त्रणमा युवाको यो समूहलाई परिचालन गर्न थालिएको हो ।

म्याग्दी:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...

थप पढ्नुहोस्

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...

थप पढ्नुहोस्

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

थप पढ्नुहोस्