सन्दीप लामिछाने विरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडाैं | कात्तिक २३, २०८०

सन्दीप लामिछाने विरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ।

 

सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ।

 

यसअघि पटकपटक सुनुवाइ तोकिए पनि न्यायाधीश अभावमा स्थगित हुँदै आएको मुद्धा आज घिमिरेको इजलासमा ‍पाचौं नम्बरमा छ। असोज महिनामा तीन पटक सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो।  असोज १ गते, असोज ७ गते र असोज २५ गते सुनुवाइ स्थगित भएको थियो। 

 

जिल्ला अदालत काठमाडौंमा अन्तिम बहसका लागि पेशी चढेकै ७ महिना बढी भयो। त्यसपछि एक दर्जन न्यायाधीशको इजलासमा परे पनि यो मुद्दाको बहस सुनेर फैसला सुनाउन आँट भने कसैले पनि गरेका छैनन्। सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ।


बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै गरे। साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले त पीडितकी आमाको जन्म मितिसमेत यकिन गर्ने आदेश दिएका थिए।

 

कतिपय न्यायाधीशले समय हुँदाहुँदै हेर्न नभ्याइनेु भनेका थिए त कतिपयले बहसै सुनिसकेपछि पनि हेर्न नभ्याइनेु भनेर पन्छाएका थिए। कतिपयले भने सरकारी वकिललाई स्थगित गर्न समेत लगाएका थिए।

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...

थप पढ्नुहोस्