पोखरामा गुरुङ चलचित्र ‘सैंबैं ट’ को प्रिमियर शो हुने

पाेखरा | कात्तिक २२, २०८०

पोखरामा गुरुङ चलचित्र ‘सैंबैं ट’ को प्रिमियर शो हुने

पोखरा:  पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ ।

 

माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा मंसिर ९ गते  बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।

 

रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क  १ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

 

चलचित्रमा नायकका रुपमा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रुपमा कृष्टि गुरुङले अभिनय गरेकी छिन् । 

 

यस्तै चलचित्रमा गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङ लगायत कलाकारको भूमिका रहेको छ । 

 

निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केनद्रमा राखेर फिल्म निर्माण गरिएको छ ।

 

पारिवारिक एवं प्रेमकथामा आधारित उक्त चलचित्रको छायांकन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको निर्देशक गुरुङले जानकारी दिइन् ।

 

उनले चलचित्रमा प्रविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको बताउदै चलचित्र विशेष बनेको बताइन् ।  चलचित्रको निर्मातासमेत रहेकी गुरुङले यसअघि लघु चलचित्र म्हैता (पाईला)को पनि निर्देशन गरेकी थिइन् । 

 

चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को सम्पादन दिपेश गुरुङले गरेका छन् भने छायांकन सन्देश गुरुङले गरेका हुन् । विशेष प्रदर्शनको टिकट उचाई स्टुडियो प्रालि (९८०६७०४६७९) बाट प्राप्त गर्न सकिने निर्माण टिमले जनाएको छ ।


 

काठमाडौं:   सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदको अवरोध कसरी हटाउने भन्ने बिषयमा छलफल भएको सभामुख घिमिरे...

थप पढ्नुहोस्

पोखरा:  इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले गाजाँसहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ स्थित नयाँबस्ती सुकुम्बासी टोल बस्ने वर्ष ३३ वर्षीय गणेश गुरुङ रहेका छ...

थप पढ्नुहोस्

पोखरा:  कास्की प्रहरीले कुटपिटसहित खुकुरी प्रहार गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वत स्थायी घर भई हाल पोखरा ३ नदिपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बाग्लुङ स्थायी घर ...

थप पढ्नुहोस्