कारागार संवेदनशील क्षेत्र भएकाले लाइन जोडिइयो: प्राधिकरण
पाेखरा | कात्तिक २०, २०८०
पोखरा: नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युतको बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको लाईन काटिरहेको छ ।
पोखरा वितरण केन्द्रले कात्तिक १९ गतेसम्म १ हजार २ सय ६२ जना ग्राहकहरुको लाईन काटिएको छ ।
कास्की कारागार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पनि उक्त लाईन काटिनेको सूचीकृत पर्याे ।
तर संवेदनशीलताका आधारमा र भुक्तानको प्रक्रिया अघि बढाएको प्रतिवद्धता जनाएपछि लाइन जोडिदिएको मालेपाटन शाखाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी प्रदिप कुमार भुवाजीले बताए ।
‘यस वितरण केन्द्रबाट सरकारी र व्यक्ति (ग्राहक) सबैले महसुल नतिरे लाइन काट्न सक्छौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘बक्यौता रकम नतिरेपछि हिजो कास्की कारागार र भौतिक मन्त्रालयको लाईन काटेका हौं, तर प्रमुख जिल्ला अधिकारीसँगै कारागार प्रतिनिधि आएर सुरक्षा संयन्त्रसँगको कुरा भएपछि संवेदनशीलतालाई मध्यनजर गरेर लाइन जोडिदिएका हौं ।’
उनले कास्की कारागारको २० लाख रुपैयाँ बक्यौता रकम रहेको जानकारी दिए ।
प्राधिकरणले हालसम्म लाइन काटेर बक्यौता रहेको रु १ करोड ३४ लाख ४३ हजार ८ सय असुल गरेको छ । कारागारको विषयमा टुंगो लागेपनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको भने लाइन जोडिएको छैन ।
अधिकारी भुवाजुले भौतिक पूर्वाधारको तर्फबाट प्राधिकरणसँग कुनै समन्वय र केही पनि छलफल नभएको बताए ।
उनका अनुसार भौतिक मन्त्रालयले २७ हजार ६४ रुपैयाँ महसुल तिर्न बाँकी छ ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

