जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

काठमाडाैं | कात्तिक २०, २०८०

जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ  । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।  

 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि  भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

 

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक हुनुहुन्थ्यो । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला  बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्