सरकारले क्रिकेट खेलाडीको १ करोड ५७ लाख रुपैयाँ पठायो
काठमाडाैं | कात्तिक १७, २०८०

काठमाडौं: नेपाल सरकारले विभिन्न समयमा भएका नेपाली क्रिकेट टोलीले जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।
गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष विश्वकप एसिया क्षेत्र छनोटको उपाधि, एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी विश्वकप लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।
सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिएका छन् । घिसिङले शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा युएईलाई ८ विकेटले हराउदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका स्थान बनाउने नेपाली टोलीलाई बधाइ दिएका छन् ।
काठमाडौं: ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभा...
पाँचथर: पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् । गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्...
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । ...