डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो
काठमाडाैं | कात्तिक १६, २०८०
डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।
हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२ त ६७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सालिन राना मास्के मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
कार्यालयकाअनुसार ट्र्याक्टरमा २५ जना मजदुर रहेका थिए । जसमा १९ जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते भएकाहरुलाई उपचारका लागि कैलालीको धनगढी लगिएको प्रहरीले जनाएको छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

