विद्यालय गएका बालक तीन दिनदेखि सम्पर्कविहीन
दाङ | कात्तिक १४, २०८०
तुलसीपुरमा विद्यालय गएका एक बालक तीन दिनदेखि सम्पर्कविहीन छन्।
रोल्पाको त्रिवेणी गाउँपालिका बुढागाउँ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका – २ खैरीपुरस्थित मामाको घरमा बस्दै आएका १४ बर्षीय प्रदीप केसी तीन दिनदेखि हराएका हुन्।
स्थानीय जनप्रेमी सेकेन्डरी बोर्डिङ स्कूल बालापुरमा कक्षा ८ मा अध्यनरत केसी कात्तिक १२ गते साढे ९ बजेतिर मामा घरबाट विद्यालय जान भनेर हिडेको र हालसम्म सम्पर्कबिहीन रहेको उनका मामा शोभाराम डाँगीले बताएका छन् ।कात्तिक १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा मामा शोभारामले भान्जा प्रदीपको खोजी कार्यमा सहयोग गरि दिन आग्रहका साथ प्रहरीमा लिखित निवेदनसहित आग्रह गरेका छन्।
पोखरा: नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा त...
काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल ...
काठमाडौं: युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो । महान्या...

