गण्डकीमा ह्वात्तै बढ्यो ‘सवारी कर’ (कुन सवारीको कति?)

हरेक ६ महिनामा जाँचपास गर्नुपर्ने

कास्की | असार ८, २०७९

गण्डकीमा ह्वात्तै बढ्यो ‘सवारी कर’ (कुन सवारीको कति?)

पोखरा:  गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा चरम वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको वर्गिकरण गर्दै सिसी अनुसार कर वृद्धि गरेको हो ।
 

दुइपांग्रे सवारीलाई यसअघि ४ तहमा विभाजन गरेपनि आगामी वर्षदेखि ६ तह (१२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० सिसी भन्दा माथि क्षमता अनुसार वर्गिकरण गरि कर संकलन गरिनेछ । 

 

कुन सवारीको कति? 

 

दुई पाङ्ग्रे सवारी तर्फ १२५ सिसी क्षमताका सवारीले ३ हजार कर तिर्नुपर्ने बताइएको छ र १२५ देखि १५० सम्म ५ हजार, त्यसैगरि २२५ सम्म ६ हजार ५ सय, ४ सय सिसीसम्म को मोटरसाइकलले ११ हजार, ६५० सिसीसम्मको साधनले २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । 

 

यसैगरि चार पाङ्ग्रे सवारी साधनमा १० हजार रुपैयाँले कर वृद्धि गरेको छ । १ हजार सिसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ । 

 

२५ सय देखि २९ सय सिसी क्षमताका सवारीले ४० हजार तिर्दै आएका छन् भने आगामी वर्षदेखि ५० हजार तिर्नुपर्ने बताइएको छ । भने ३५ सय सिसीसम्मका सवारीले आउँदो वर्ष ६५ हजार राजस्व तिर्नुपर्नेे छ ।
यसैगरि टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परको कर ४० हजार नै यथावत राखिएको छ ।

 

कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टर, पावर टेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको बताइएको छ । ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ ।

 

यातायात व्यवस्था कार्यलय गण्डकीका अनुसार मिनिट्रक–मिनिबसको कर २७ हजार कायम गरिएको छ । भने ट्रक र बसले ३५ हजार तिर्नुपर्ने छ ।

 

हरेक ६ महिनामा सवारी जाँचपास 

 

गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान अगाडी सारेको छ ।  निजि तथा सार्वजनिक सवारी साधनले जाँचपाससँगै नवीकरण समेत गर्नुपर्ने बताइएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्