स्याङ्जाको ठुलाडिहीमा राप्रपाको नवीन राप्रपा अभियान

स्याङ्जा | कात्तिक २, २०८०

स्याङ्जाको ठुलाडिहीमा राप्रपाको नवीन राप्रपा अभियान

स्याङ्जा:  राप्रपाले स्याङ्जाको पुतलीबजार नगरपालिका ७ ठुलाडिहीमा नवीन राप्रपा अभियान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

 

नेपालीको महान् चाड बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।

 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राप्रपा गण्डकी प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री पञ्चराम गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गरे ।

 

उनले सो अवसरमा पार्टीलाई नवीन तरिकाबाट अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताउदै सोही अभियान अन्तरगत कार्यक्रम आयोजना गर्दै आएको धारा राखे ।

 

सो कार्यक्रममा कार्य सम्पादन समिति सदस्य तोरण बहादुर गुरुङ, भुपु सङ्गठन केन्द्रीय अध्यक्ष प्रकाश जङ्ग कार्की, पूर्व सहायक महामन्त्री मदन बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

 

सो नवीन राप्रपा तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाका नेताहरू, वरिस्ठ उपाध्यक्ष तुलसिह ठकुरी, महिला सङ्गठन अध्यक्ष शोभा गैरे, १ नम्बर क्षेत्रीय अध्यक्ष लाल बहदुर थापा लगायत नेताहरुको उपस्थिति रहेको थियोे भने सो  भेलाले नयाँ वडा कार्यसमिति समेत गठन गरेको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्