खुला फुटसल प्रतियोगितामा मेन्टेन एफसी च्याम्पियन, जित्यो ५ लाख
ढुकुका अमित बने सर्वोत्कृष्ट खेलाडी
पाेखरा | असोज ३०, २०८०
पोखरा: पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ ।
‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज (मंगलबार) भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो ।
मेन्टेनेको जितमा रफि महर्जन, बिशाल सारुमगर र सुवास श्रेष्ठले समान १/१ गोल गरे ।
च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै प्रतियोगितामा उपविजेता बनेको काठमाडौंको ढुकु फुटसल हबले नगद रु ३ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र हात पार्यो ।
देशभरबाट कुल १४ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए । उनले नगद रु ५० हजारसहित ट्रफी प्राप्त गरे ।

यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डंगोल, सर्वाधिक गोलकर्ताका रुपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर, र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुदैं जनही नगद रु २५ हजार र ट्रफिसहित पुरस्कृत भए ।
यस्तै प्रतियोगिताको अनुशासित टिमको शिल्ड बि –१३ ले प्राप्त गर्यो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, सहयोगी दाताहरु तथा आयोजक संस्थाका संस्थापक राजन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै गण्डकीका मुख्यमन्त्री तथा सांसद पृथ्वी सुब्बा गुरुङले खेलकुदको क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्ने धारणा राखे ।
उनले निजि क्षेत्रको लगानीबाटमात्र खेलकुदको विकास पर्याप्त हुन नसक्ने बताउदै सम्बन्धित संस्था र तीन वटै सरकारले चाँसो दिनुपर्ने बताए । उनले सो प्रतियोगिताले फुटसलको विकासमा सघाउने पुग्ने विश्वास व्यक्त गरेका थिए ।
यस्तै समापन समारोहमा गण्डकी प्रदेश सभा सदस्य भीम कार्की र सरस्वती गुरुङ लगायतले बोलेका थिए । गत असोज २७ गतेदेखि सञ्चालनमा रहेको फुटसल प्रतियोगितामा देशभरका कुल १४ वटा टिमको सहभागिता रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

