रणवाङमा  चैते धान खेतीको परिक्षण सफल

म्याग्दी | असार ८, २०७९

रणवाङमा  चैते धान खेतीको परिक्षण सफल

 
म्याग्दी : 
      म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । “यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उहाँले भन्नुभयो “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।”

 

माघको अन्तिम साता धुले ब्याड राखेर जमाएको धान चैत १२ गते रोपिएको थियो । करिब तीन रोपनी क्षेत्रफलमा लगाएको धानको बाला राम्रो लागेको र पाकेर भित्र्याउने तयारी गरेको मल्लले बताउनुभयो । बर्खामा लगाउने गौरी, जेठोबुढो जत्तिकै उत्पादन भएको उहाँको भनाइ छ । 

 

बर्खे धान जत्तिकै पुष्ट दाना र पराल सफा भएको मल्लले बताउनुभयो । रणवाङ समुन्द्री सतहदेखि एक हजार ५० मिटर उचाइमा अवस्थित छ । सम्मा फाँट भएको यहाँ हालसम्म वर्षमा एकबाली मात्र धान खेती हुन्छ । मङ्गला गाउँपालिकाको कृषि शाखाका प्रमुख तारा बानियाँ ९जगत०ले पालिका क्षेत्रमा रणवाङमा पहिलो पटक चैते धान उत्पादन भएको बताउनुभयो । 

 

“सम्भव नहुने ठानेर चैते धानको खेतीतर्फ कसैको ध्यान पुगेको थिएन”, उहाँले भन्नुभयो “परिक्षण सफल भएकाले चैते धानखेती विस्तारको कार्यक्रम बनाउँछौ ।” तराइ, भित्री मधेश र केही पहाडी जिल्लामा चेतै धान खेती हुने गरेको छ । 

 

म्याग्दीको बेनी नगरपालिका–१ को ढोडेनी, सारेमारे र सिममा मात्र चैते धानखेती हुने गरेको थियो । रणवाङ भन्दा केही कम उचाइमा अवस्थित पिपलबोट, सेराफाँटका कृषकले केही वर्षअघि चैते धान खेतीको प्रयास गर्दा सफल भएको थिएन् । सिँचाई सुविधा भएकाले रणवाङमा चैते धान खेती गर्न सम्भव भएको हो । 

 

हावापानी, तापक्रम र मौसम अनुकुल भएकाले चैते धान खेती सफल भएको कृषक मल्लले बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले चैते धानखेतीको सम्भाव्यता अध्ययन गरिने बनाउने बताउनुभयो ।

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्