नेपालकै सर्वाधिक राशीको फुटसल उपाधि नजिक मेन्टेन एफसी र ढुकु हब

पाेखरा | असोज २९, २०८०

नेपालकै सर्वाधिक राशीको फुटसल उपाधि नजिक मेन्टेन एफसी र ढुकु हब

पोखरा:   पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र काठमाडौंको ढुकु हब फाइनल प्रवेश गरेका छन् ।   


नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र ढुकु एफसीले फाइनलमा भेट पक्का गरेका हुन् ।


राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेन्टेन एफसीले आयोजक राजन एण्ड द ब्रदर्श टीम ‘बि’लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 


निकै प्रतिस्पर्धात्मक भएको खेलमा मेन्टेनको जितमा जेनिश प्रजापतिले निर्णायक गोल गरेका थिए । 


यस्तै दोस्रो सेमिफाइनलमा खेलमा काठमाडौंको ढुकु फुटसल हबले सविन मेमोरियललाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 


ढुकुको जितमा अमित लामा, अभय राणा र बिक्रान्त लामाले समान १/१ गोल गरे । भने सबिन मेमोरियल लागि विजय श्रेष्ठले सान्त्वना गोल गरे ।


मेन्टेन एफसी र काठमाडौंको ढुकु फुटसल हबले पोखरा रंगशालाको कभर्ड हलमा बिहान ११ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 


प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए  । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ । 


आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।


 

तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...

थप पढ्नुहोस्

गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

थप पढ्नुहोस्