पोखरामा खुला फुटसल प्रतियोगिता सुरु, सबिन मेमोरियलको विजयी सुरुवात

पाेखरा | असोज २७, २०८०

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु, सबिन मेमोरियलको विजयी सुरुवात PHOTO: ANISH GURUNG

पोखरा:   पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ । 

 

राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा  आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो । 

 

उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले सत्य युवा क्लब बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

 

सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए ।

 

 

यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।
 

शिशुवा भद्रकालीको जितमा युनिक तामाङले ह्याट्रिक पुरा गरे भने प्रनिश गुरुङ, प्रविन गुरुङ  र मनिल गुरुङले समान १/१ गोल गरे ।

 

यता ड्रिमर्सको तर्फबाट प्रज्वल शाही (लक्ष्मण), सुरज गुरुङ र धिरज मगरले १/१ गोल फर्काए । 

 

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटसलको विकासमा यस प्रतियोगिताले टेवा पुर्याउने धारणा व्यक्त गरे ।

 

उनले आगामी प्रतियोगितालाई व्यवसायिक बनाउनका लागि ठुला कम्पनीहरुलाई  जोड्नुपर्नै बताउदै आफुले पनि सहकार्य गर्न तयार रहेको बताए । सो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न टेवा पुर्याउने बताउदै निरन्तरता दिनुपर्ने बताए । 

 

उनले आफ्नो कार्यकालमा नेपालमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको स्मरण गर्दै वर्तमान नेतृत्वको सरकारले पनि निरन्तरता दिनुपर्ने उल्लेख गरे । 

 

‘मेरो नेतृत्वमा पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय लिग सम्पन्न गरेका थियौं, उनले भने, ‘अहिलेको सरकारले पनि यस्तो खालको प्रतियोगितालाई सहजीकरण र व्यवस्थापन गर्न जरुरी छ । र राष्ट्रिय लिगलाई पनि निरन्तरदा दिन आवश्यक छ ।’

 

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए  । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ ।

 

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ । 
आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
 

पोखरा:      ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजा जिल्लामा १० दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको ब्यवस्थ...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको रूपा गाउँपालिका  पूर्ण खोप सुनिश्चित पालिका घोषणा  भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको  हो। कार्...

थप पढ्नुहोस्

पोखरा:     यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।  गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको ...

थप पढ्नुहोस्