हटाइयो काठमाडौं इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनिका पसलहरू

काठमाडाैं | असोज २३, २०८०

हटाइयो काठमाडौं इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनिका पसलहरू

काठमाडौं महानगरपालिका इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनि भएका पसलहरू हटाइएको छ। 

 

गत बिहीबार झन्डै १२ वर्षअघिदेखि सञ्चालन भइरहेको ७ वटा पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। उनका अनुसार पसल सञ्चालकहरू र गुठी समितिको सहमतिमा ती पसल मन्दिरमुनिबाट हटाइएका हुन्।

 

स्थानीय र सम्पदा अभियानकर्ताहरूले मन्दिरको मुनि जुठो गर्न नहुने र फोहोर भएको बताउँदै आएका थिए, उनले भने, हनुमानढोका सम्पदा संरक्षण विभागले तीन महिनाअघि ती पसल हटाउन पत्राचार समेत गरेको थियो। यस्तै, सम्पदा संरक्षण गर्नुपर्ने र महानगरपालिकाबाट समेत ट्राफिक व्यवस्थापनमा सहयोग हुने बताइएपछि असोज १५ गतेदेखि पसलहरू हटाउने सम्झौता भएको उनी बताउँछन्।

 

असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो, उनले भने।


पसल सञ्चालकहरूले प्रतिपसल वार्षिक १८ हजार रुपैयाँ गुठीलाई बुझाउँदै आएका थिए। आकाश भैरवमुनि चार वटा लस्सी पसल, दुई वटा जुत्ता पसल र एउटा मोबाइल पसल थियो।  

काठमाडौं:     उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय ...

थप पढ्नुहोस्

पोखरा:   तेन्जेन रोका मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् । ...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलब...

थप पढ्नुहोस्