महिला विरुद्धका भेदभाव उन्मूलन गर्न पोखरामा अन्तरक्रिया

कास्की | असार ७, २०७९

महिला विरुद्धका भेदभाव उन्मूलन गर्न पोखरामा अन्तरक्रिया

कास्की:  पोखरामा महिला विरुद्धका भेदभाव उन्मूलन गर्न प्रदेश स्तरीय संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

आदिवासी जनताति महिला मञ्च र नेपाल आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धि महासन्धि (सिड) को निष्कर्ष सुझाव कार्यान्वयनको लागि प्रदेश स्तरीय संवाद कार्यक्रम आज (मंगलबार) सम्पन्न भएको हो ।

 

उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गरे । 

 

सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले महिला सशक्तिकरण आजको आवश्यकता रहेको धारणा व्यक्त गरे । मन्त्री श्रेष्ठले महिला विरुद्धको भेदभाव उन्मूलन गर्न संविधानले व्यवस्था गरेको अधिकारहरु अक्षरश कार्यान्वयन हुनुपर्ने बताए । 
 

पुरुषप्रधान देशको राष्ट्रपति महिलानै भएको बताउदै उनले महिलाले पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने उल्लेख गरे । महिला सशक्तिकरणको लागि आफ्नो मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै आगामी दिनमा समेत सधै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

 

एक दिने उक्त संवाद कार्यक्रममा सहजकर्ताका रुपमा अधिवक्ता सुरेन्द्र थापामगर र महिला अधिकारकर्मी सोनी लामाले सहजीकरण गरेका थिए ।

 

पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमलाई IWGIA ले सहयोग गरेको आयोजक संस्थाका पूर्व अर्थसचिव श्याममाया राना पुनले जानकारी दिएकी थिइन् ।  ‘विदेशी संस्थाले सहयोग गरेको हाम्रो कार्यक्रममा पोखरा महानगरपालिकाको विभिन्न वडामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेका हौं,  उनले भनिनन्, ‘यसको उद्देश्य भनेकै महिलाहरुलाई धेरै क्षेत्रमा भेदभाव गरिन्छ । अब समान अवसर दिइनुपर्छ र भेदभाव हटाइनुपर्छ भन्ने हो ।’

 

उक्त कार्यक्रमले महिलाहरुको क्षमता अभिवृद्धि गर्न सघाउ पुग्ने बताउदै विगत लामो समयदेखि अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिएकी थिइन् ।
 

काठमाडौं:  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ ।       विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल प्रेस युनियन कास्कीले सयदिने सदस्यता विरतण अभियान आजदेखि सुरु गरेको छ । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा कास्कीमा आजदेखि सदस्यता विरतण अभियान सुरु भएको हो...

थप पढ्नुहोस्